मधेसका जनताको मुद्दा केन्द्रले गम्भीर रुपमा लिनुपर्छ : अजय बाबु शिवाकोटी

रौतहट, २७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले तराई–मधेसका जनताका मुद्दालाई केन्द्रले गम्भीर रुपमा लिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८६ औँ जन्मोत्सवको अवसरमा जनकपुरमा हुने “मधेसमा कांग्रेस” कार्यक्रममा सहभागी हुन नेता कार्यकर्तालाई निम्तो बाड्ने क्रममा मङ्गलबार रौतहट पुगेका शिवाकोटीले यस्तो धारणा राखेका हुन् ।

उनले रौतहटका विभिन्न स्थानमा पुगेर नेता कार्यकर्ता तथा स्थानीयहरुसँग प्रत्यक्ष भेटघाट गरेका थिए । भेटघाटका क्रममा शिवाकोटीले मधेसका जनताका गुनासा पुराना दलहरूसँग धेरै रहेको र ती गुनासाहरु समाधानका लागि सबै मिलेर पहल गर्नुपर्नेमा जोड दिए ।

शिवाकोटीले मधेसलाई सुखग्रस्त क्षेत्र घोषणा गरिएको प्रसङ्ग पनि उठाउँदै, राहतका लागि कसरी प्रभावकारी रूपमा काम गर्न सकिन्छ भन्ने विषयमा स्थानीय नागरिकका धारणा सुनेको बताए । उनले ती धारणा र सुझावहरू पार्टीको माथिल्लो नेतृत्वसम्म पु¥याउने र आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार कांग्रेसको नेतृत्वले मुलुकको समग्र विकाससँगै मधेसका दीर्घकालीन समस्या र विपद् व्यवस्थापनमा प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको छ ।

ताजा समाचार

Related Articles