राैतहट २५ साउन
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले आईतबार धन्सारबाट ९ किलाे गाजासहित पक्राउ गरेकाे छ । चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ४ धन्सारमा पश्चिम निजगढबाट पुर्वतर्फ चन्द्रनिगाहपुर आउदै गरेकाे माेटरसाइकललाई चेकजाच गर्दा ९ किलाे ७५० ग्राम लागु औषध गाजासहित बारा निजगढ नगरपालिकाकाे वडा नम्बर १२ का बर्ष ३४ का दिपक थिङलाई पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी सहायक निरीक्षक टिकामाया शिवाकोटीको कमाण्डमा गएको गस्ती टोलीले ना ८० प ९८९३ नम्बरको मोटरसाइकलसहित थिङलाई पक्राउ गरेकाे जनाएकाे छ । मोटरसाइकलको पछाडि जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा साे परिणामकाे गाँजासहित मोटरसाइकल चालक थिङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिनु भयो । थप कारवाहीका लागी थिङलाई जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएका प्रहरीले जनाएकाे छ ।

