रौतहटमा मौसम अनुकुल भएसँगै ८५.०९ प्रतिशत रोपाई

रौतहट २४ साउन
रौतहटको मनसुन शुरु भएसँगै धान रोपाईमा बृदि भएको छ । साउन तेस्रो सातामा आइपुग्दा रौतहटमा धान रोपाई ८५.०९ प्रतिशतमा पुगेको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ । साउन तेस्रो साताको प्रारम्भसँगै मनसुन अनुकूल हुँदै जाँदा रोपाइँको गति बढेको हो । शनिबार साउन चौथो साता सुरु हुञ्जेलसम्म रोपाइँ ८५.०९ प्रतिशत पुगेको कृषि ज्ञान केन्द्र रौतहटको कार्यालयले जनाएको छ । साउन तेस्रो साता प्रारम्भसँगै पानी पर्न थालेपछि रोपाइँले गति लिएको हो । पानी पर्न थालेपछि भूमिगत पानीको सिँचाइ सहज र कम खर्चिलो भएसँगै किसानले रोपाइँको गति बढाएको कृषिज्ञान केन्द्र रौतहट कार्यालयले जनाएको छ । साउन मध्य यता इनार, स्यालोट्यूवबेल र डिप बोरिङबाट तानिएको पानीले आकासे पानीको साथ पाउँदा कम समयमा बढी खेत हिल्याउन सहयोग पुगेको किसानहरुले बताएका छन । पानी परिरहँदा भूमिगत तानिएको पानीले चाँडै खेत हिल्याउन सहयोग पुगेको किसानहरुको जनाएका छन । परेकै पानीले खेत हिल्याउन त पुग्दैन , तर पानी परिरहँदा चाँडै खेत हिल्याउन सजिलो हुने रौतहट बृन्दावनका किसान रुपेश पासवानको भनाई रहेको छ ।

 

 

ताजा समाचार

Related Articles