रौतहटको नुनथरमा अप्रिय घटनाबारे चेतनामुलक कार्यक्रम सम्पन्न

रौतहट २३ साउन
रौतहटको नुनथरमा शुक्रबार जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजनामा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुपा लाबुङको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । रौतहटको पर्यटकिय स्थल चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित नुनथर पर्यटकिय क्षेत्रमा आउने बाहिरी तथा आन्तरिक पर्यटकहरू भ्रमणको क्रममा बागमती नदीमा नुहाउने तथा पौडी खेल्ने र सोही क्रममा प्रत्येक बर्ष मानिसहरूलाई नदिले डुबाउने र बगाउने गर्दा अकालमै मृत्यू वरण गर्नु परेकाले सो सम्बन्धि चेतना जगाउनका लागी कार्यक्रमको आयोजना गर्नु परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक रुपा लाबुङले तराई पोष्टलाई बताउनु भयो । कार्यक्रममा नुनथर पर्यटकीय क्षेत्रमा आवद्द रहनु भएका समिति तथा स्थानिय, बुद्धिजिवी लगायतका मानिहरूले सहभागीता जनाएका थिए । सो क्षेत्रमा हुने गरेका अप्रिय घट्नाहरू हुन नदिन नदि क्षेत्रहरूमा थप सन्देशमुलक बोर्डहरू राखि पर्यटकहरूलाई नदिमा नुहाउन र पैडी खेल्न नहुने र बिगतमा भएका घट्नाहरूको बारेमा समेत जानकारी गराई सचेत गराउने लगायतका बियषहरूमा छलफल भएको आयाोजकले जनाएको छ ।

ताजा समाचार

Related Articles