राैतहट २३ साउन
राैतहटका जेष्ठ अशक्त नागरिकहरुलाई कार्ड नविकरण गर्न निशुल्क ईरिक्सा सेवा उपलब्ध गरेकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ४ का जेष्ठ नागरिकहरुलाई निशुल्क ईरिक्साकाे प्रबन्ध गरेकाे वडा अध्यक्ष रवि राना मगरले तराई पाेष्टलाई जानकारी दिनु भयाे । चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ४ ले आफ्नो वडा भरीका जेष्ठ नागरिक तथा अशक्त नागरिकहरुलाई कार्ड नबिकरण गर्न वडा कार्यालय आवतजावत गर्न निशुल्क इरिक्साकाे प्रबन्ध मिलाएको जनाएकाे छ । जेष्ठ तथा अशक्त नागरिकहरु सहज रुपमा वडा कार्यालयमा आवतजावत गर्न नसक्ने हुदा नागरिकलाई सहजताका लागि याे सुविधाकाे प्रबन्ध मपलाइएकाे वडा अध्यक्ष राना मगरले बताउनु भयाे । यो सुबिधा भदौ मसान्तसम्म रहने वडा अध्यक्ष रबि रानाले बताउनु भयाे ।

