गैडाटारका युवा समृद्ध गैडाटार निर्माण अभियानमा जुटे

रौतहट २३ साउन
गैडाटारमा समृद्ध गैडाटार निर्माण अभियान सञ्चालनमा आउने भएको छ । स्थानिय सरकारले गाउका सामन्य सरसफाइ समेत गर्न चासो नदेखाएको , जसले गैडाटारको सौन्दर्यता माथी नै नकरात्मक सन्देश जाने गरेकाले बिशेष गरि गैडाटारको शानलाई बचाइ राख्ने उदेश्यले अभियान सञ्चालनमा ल्याएको श्याम चौहानले बताउनु भयो । त्यसका साथै रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारका दक्ष जनशक्तिहरु धमाधम गाउ छाड्न थालेपछि स्थानिय केही युवाहरुको समुहले समृद्ध गैडाटार निर्माण अभियान नै सञ्चालन गर्ने योजना बनाइएको सो अभियानका एक सदस्य विवइ थिङले तराई पोष्टसँगको कुराकानीमा बताउनु भयो । स्थानिय सरकारले आम नागरिकहरुको मागलाई सम्बोधन गर्न नसकेकोले आफुहरुले ग्रास लेवलका नागरिकहरु लक्षित केही निश्चित भिजनसहित योजनाहरु निर्माण गरि समृद्ध गैडाटार निर्माण अभियानमा लागेको अर्का सदस्य दिपेन्द्र न्यौपानेको भनाई रहेको छ । यस अभियानले सडक सरसफाइ , धार्मिक स्थलहरुको संरक्षण तथा प्रवद्र्धन , बृद्धबृद्धाहरु सम्मान , रक्तदान कार्यक्रम , सार्वजनिक स्थलहरुको संरक्षण र प्रवद्र्धन , कृषि प्रवद्र्धनका कार्यक्रमहरु , बृक्षारोपण कार्यक्रम , मेयरसँग नागरिकको गुनासो , रोजगारीका अवसरहरु सम्बन्धि कार्यक्रमहरु र विभिन्न बिषयमा चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने योजनाहरु तय गरेको समेत बताइएको छ । यस अभियानमा सम्पुर्ण गैडाटारवासीलाई सहभागी हुन समृद्ध गैडाटार अभियान कर्ताहरुले अपिल समेत गरेको छ । शुक्रबार चन्द्रपुर—३ गैडाटार स्थित तिलेश्वरनाथ पार्कमा बसेको एक भेलाले ७ सदस्यीय सचिवालय गठन समेत गरेको छ । बैठकले अगामी साउन ३१ गते शनिबार एक कार्यक्रमको आयोजना गरेर कार्यक्रमको शुरुवात गर्ने निर्णय समेत गरेको राज दोङ तामाङले बताउनु भयो । ७ सदस्यीय सचिवालयमा बिमल सापकोटा , उपेन्द्र गोले , छविलाल गौतम , विवई थिङ , दिपेन्द्र न्यौपाने , विजय सिंतान , र गोविन्द वाइबा लगायतका रहेको सचिवालय सदस्य विजय सिंतानले जानकारी दिनु भयो । अगामी साउन ३१ गते शनिबारको कार्यक्रमको संयोजकको रुपमा मानध्वज थिङलाई जिम्मेवारी दिइएको गैडाटार समृद्ध अभियानले जनाएको छ ।

ताजा समाचार

Related Articles