स्कुल बसबाट खसेर सर्लाहीमा एक बालकको मृत्यु

रौतहट २३ साउन
सर्लाहीमा विहिबार स्कुल बसबाट खसेर एक बालकको मृत्यु भएको छ । सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर ८ टाँडीमा विहिबार साँझ कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको बसको ढोकाबाट धनकौल गाउपालिकाको वडा नम्बर ३ हरकठवाका बर्ष १३ का फैजान शेखको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सो स्कुल बसबाट खसेका शेख गम्भिर घाइते भएका थिए । घाइते शेखलाई सर्लाहीमा समान्य उपचारपछि थप उपचारका लागी नेशनल मेडकिल कलेज वीरगन्ज लगेका थिए तर चिकित्सकले बालकलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बालक सो विद्यालयमा कक्षा ३ मा अध्ययन गर्ने विद्यार्थी हुन । विद्यालय छुट्टी भएपछि घर फर्कदै गर्दा बालकको दुर्घटनामा परेर मृत्यु भएको हो । बस र बस चालक बागमती नगरपालकिा–१०, बस्ने २१ वर्षीय राजकुमार यादव प्रहरी नयिन्त्रणमा रहेका डिएसपी भट्टराईले बताउनु भयो ।

ताजा समाचार

Related Articles