राैतहट २२ साउन
राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे एक वडा अध्यक्षले बेवारिसे महिलाकाे उद्वार गरृकाृ छ । चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ६ का वडा अध्यक्ष सहदेव केसीले चन्द्रनिगाहपुर बजारमा बिरामी बेवारिसे अबस्थामा रहेकाे तेत्रिया देवी नाम बताउने एक महिलालाई उद्वार गर्नु भएकाे छ । बिरामी अशक्क अबस्थामा बेवारिसे अबस्थामा बजार क्षेत्रमा महिला देखेपछि केसीले चन्द्रनिगाहपुर सरकारी अस्पतालमा उपचार गराउन पुर्याउनु भएकाे छ । केही दिनदेखि महिलाले केही खानेकुरा नखाएकाले कमजाेर भएकाे र स्वास्थ्य अबस्थामा सुधार हुँदै गएकाे साे अस्पतालका डाक्टर अभिनन्दन श्रीवास्तवले बताउनु भयाे । अहिले महिला डाक्टर श्रीवास्तवकाे रेखदेखमा रहेकाे वडा अध्यक्ष केसीले जानकारी दिनु भयाे ।


