रौतहटमा एसइई पुरक परिक्षाका लागी ४ परिक्षा केन्द्र निर्धारण

रौतहट २२ साउन
रौतहटमा एसइई ग्रेड वृद्धि पुरक परिक्षाका लागी ४ ओटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । आउदो साउन २९ गतेबाट सञ्चालन हुने एसइई ग्रेड वृद्धि पुरक परिक्षाका लागी ४ ओटा परिक्षा केनद्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई रौतहटका निमित इकाई प्रमुख उपेन्द्र सिंहले तराई पोष्टलाई बताउनु भयो । गौर नगरपालिका स्थित जुद्ध माध्यमिक विद्यालय, गरुडा नगरपालिका स्थित मावि गरुडा बैरिया, वृन्दावन नगरपालिका स्थित मावि बरगजवा र चन्द्रपुर नगरपालिका स्थित जनज्योति माध्यमिक विद्यालयमा परीक्षामा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई रौतहटका निमित इकाई प्रमुख सिंहले जानकारी दिनु भयो । जुद्ध माध्यमिक विद्यालय गौरमा ३६ वटा बिद्यालय, मावि गरुडा बैरियामा ३५ वटा विद्यालय, मावि बरगजवामा १४ वटा विद्यालय र जनज्योति माध्यमिक विद्यालयमा २१ वटा बिद्यालयको परीक्षा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जनाएको छ । ग्रेडवृद्धि पुरक परीक्षामा साधारण नियमिततर्फ र प्राविधिक धारतर्फ गरी कुल ३ सय ५८ परीक्षार्थीले सहभागिता जनाउने बताइएको छ ।

ताजा समाचार

Related Articles