रौतहटमा कार्यवाहक नगर प्रमुख खातुनलाई नागरिक सम्मान

रौतहट २२ साउन
रौतहटको फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अमबेया खातुनलाई स्थानियले सम्मान गरेका छन । खातुनले रौतहटको फतुवा विजयपुर नगरपालिकामा स्वास्थ्य क्षेत्रका भौतिक संरचनामा सुधारको महत्वपूर्ण योगदान पुर्याएको भन्दै कार्यवाहक नगर प्रमुख अमबेया खातुनलाई नागरिकहरूले सम्मान पत्र प्रदान गरी सम्मान गरेको छ । नागरिक समाजसेवी अच्युत मैनालीको नेतृत्वमा आयोजित अभिनन्दन समारोहमा ५ वटा स्वास्थ्य संरचनामा सुधारको काम सफलतापूर्वक सम्पन्न गरेको भन्दै उहाको सो कार्यको उच्च कदर गर्दै अमबेया खातुनलाई सम्मान दिइएको नागरिक समाजसेवी अच्युत मैनालीले तराई पोष्टलाई जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख समाजसेवी अच्युत मैनाली,प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव,प्रदेश सांसद प्रत्यासी शेख सेराज,शिक्षा संयोजक सुबोध प्रसाद यादव,सुधिर यादव,परमेश्वर यादव लगायत स्थानीयहरू र अन्य जनप्रतिनिधिहरूको समेत सहभागीता जनाएका थिए । अमबेया खातुनको सम्मानलाई नगरपालिकाका सबै नागरिकहरूको साझा सफलता भएको प्रतिक्रिया दिएका छन ।

ताजा समाचार

Related Articles