खरेडीले आक्रान्त रौतहट मनसुन सक्रिय भएसँगै डुवानको त्रास

रौतहट २२ साउन
खरेडीले आक्रान्त रौतहटमा मनसुन सक्रिय भएसँगै डुवानमा पर्ने त्रास सिर्जना भएको छ । बर्षा भएपछि रौतहटका किसानहरुको आशा पलाएको थियो तर बर्षाको पानीले रौतहट डुवानको संघारमा पुगेपछि रौतहटवासी डुवानको त्रासमा परेका छन । लगातार मंगलबार र बुधबार रौतहटमा बर्षा भएपछि फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ५ अन्तर्गतको सन्तपुर दोस्तीया क्षेत्रमा वर्षा पछि करिब ४० बिगाहा धानबाली डुबानमा परेको छ । स्थानीय किसानहरूले लामो समयको पर्खाइपछि लगाएको धानबाली डुवानमा परेपछि किसानहरु मारमा परेका छन । स्थानिय अमिर खान, नथुनी तलेवर, सेराज अन्सारी, नुराईन अन्सारी, आबिद अन्सारी, ताहिर लगायतका खेतमा लगाएका किसानहरूको खेत डुबानमा परेको पिडित किसानहरुले तराई पोष्टलाई जानकारी गराएका छन । सो स्थानमा पहिले बाटोमा राखिएको होम पाइपबाट पानी निकास हुँदै आएको थियो । तर अहिले पानी निकास हुने मुहान बन्द भएपछि आफुले लगाएको धान बाली डुबानमा परेको पिडित स्थानिय किसान अमिर खानले तराई पोष्टलाई बताउनु भयो । सडक र जल निकासको अभावले डुबान समस्या झनै जटिल बन्दै गएको उनीहरुले बताएका छन । त्यसैगरी कटहरिया–सन्तपुर–कलैया सडक खण्ड जोडने सन्तपुर चोकदेखि करिब २५० मिटर पश्चिमतर्फ बाटोको उत्तर दिशामा पर्ने खेतहरूमा पनि पानी जमेको स्थानियले बताएका छन । पुन यस्तै भारी वर्षा भएमा घरमा पानी पस्ने र खाद्यान्न जोगाउन मुस्किल पर्ने स्थानियको भनाई रहेको छ । सोही वडाका वडा अध्यक्ष एजाज अहमदले उक्त समस्यालाई समाधान गर्न तत्काल पहल गर्ने बताउनु भउको छ । आफ्नो वडा डुवानमा परेपछि विभिन्न राजनीतिक दल, समाजसेवी तथा बुद्धिजीवीहरूको सहभातीतामा एक चरणको छलफल समेत गरिसकेको वडा अध्यक्ष अहमदले बताउनु भयो । विहिबार सर्वदलीय बैठक बसेर ठोस समाधान तर्फ अगाडि बढ्ने समेत उहाले बताउनु भयो । रौतहटमा पछिल्लो समय देखिएको मौसमी असन्तुलनले कृषि प्रणालीमाथि गम्भीर असर पारेको छ ।

 

ताजा समाचार

Related Articles