रौतहट २२ साउन
बाराको कलैयामा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । बुधबार बाराको कलैया उपमहानगरपालिकाको वडा नम्बर ३ गंगापुरका बर्ष ७ का संजित साहको छठ पुजाका लागी बनाइएको छठ घाटको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक खेम नेपालले तराई पोष्टलाई बताउनु भयो । मृतक साहको घर नजिकै छठ घाट बनाइएको र सोही स्थानमा जमेको पानीमा बालकको ज्यान गएको प्रहरीले जनाएको छ । पोखरीमा डुबे लगत्तै स्थानीयले बालकलाई कलैयास्थित आशीर्वाद अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

