चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा ८०२ मत खस्यो , आजै मत परिणाम आउने

रौतहट २१ साउन
रौतहटको चन्द्रपुरमा बुधबार उद्योग वाणिज्य संघ चन्द्रपुरको निर्वाचन सम्पन्न भएको छ । चन्द्रपुर नगर उद्योग वाणिज्य संघमा १ हजार ९७ कुल मतदाता भएतापनि आज सम्पन्न निर्वाचनमा ८ सय २ मतदाताहरुले मात्रै मतदान गरेको निर्वाचन समितिका संयोजक दिलिप कोइरालाले तराई पोष्टलाई जानकारी दिनु भयो । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनका लागी २ अध्यक्षसहित १९ जनाको उम्मेदवारी परेको थियो । अध्यक्षमा सुनिल कुमार साह र उदय नारायण सापकोटाको उम्मेदवारी परेको थियो । निर्वाचन शान्त र सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन सम्पन्न भएसँगै अहिले मतपेटिका संकलनको काम भइरहेको र आजै साझँ सम्म मतगणना शुरु गरिने निर्वाचन समिति संयोजक कोइरालाले जानकारी दिनु भयो । निर्वाचनको मत परिणामसमेत आजै सार्वजनिक गर्न गरि तयारी गरेको निर्वाचन समितिले जनाएको छ । ब्यापारीहरुले तराई पोष्टसँग सुनिल साह निर्वाचित हुने आंकलन गरिएको प्रतिक्रिया दिएका छन ।

 

ताजा समाचार

Related Articles