सर्लाहीमा टायरगाडा मोटरसाइकलमा ठोकिदा चालकको मृत्यु

रौतहट २१ साउन
सर्लाहीमा टायरगाडामा एक मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ । सर्लाहीको हरिपूर्वा नगरपालिकाकाको वडा नम्बर ९ मिर्चैयामा बुधबार टायरगाडामा मोटरसाइकल ठोकिएको थियो । सो नगरपालिकाको खीला गाउँबाट वसन्तपुर तर्फ जाँदै गरेको टायरगाडामा विपरीत दिशाबाट आउँदै गरेको ज. ५ प. २२०८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक हरिपूर्वा नगरपालिकाको वडा नम्बर ९ का बर्ष २१ का अशोक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । टायरगाडा सवारी साधन अन्तर्गत नपर्ने र त्यसका चालकसँग लाइसेन्स हुने व्यवस्था पनि नरहेकाले पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले तराई पोष्टलाई जानकारी दिनु भयो ।

 

ताजा समाचार

Related Articles