रौतहट २१ साउन
मदिरा तस्करी गरेको भन्दै प्रहरीको गोली लागेर मंगलबार सप्तरीका बर्ष ३६ का लालु यादवको ज्यान गएपछि स्थानियले बुधबार स्थानिय प्रशासनको बिरोधमा प्रहरी चौकीको गेटमा टायर बालेर प्रदर्शनमा उत्रेका छन । सप्तरीको राजगढ गाउँपालिकाको वडा नम्बर २ कमलपुरका ३६ वर्षीय लालु यादवको मङ्गलबार राति प्रहरीको गोलीबाट मृत्यु भएको थियो । यादवका आफन्त र स्थानीय जिल्ला प्रहरी कार्यालय सप्तरीको गेटमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन । मृतक यादवलाई प्रहरीले बोलाएर नियन्त्रणमा लिई गोली हानेर खेतमा फालेको राजगढ १ का दिपेन्द्र यादवले आरोप लगाएका छन । “प्रहरीले पहिला मृतक लालुलाई बोलायो अनि घर सर्च गर्न ेबेला सामान्य विवाद हुँदा प्रहरीले नियन्त्रणमा लिएर गोली हानेको दिपेन्द्रको दावी रहेको छ । सो समय दोहरो झडप नभएको समेत यादवको दावी रहेको छ । छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मृतक यादव लाईसेन्स लिएर व्यापार गर्दै आएको निजलाई नियन्त्रणमा लिएर प्रहरीले गोली हानेको आरोप प्रदर्शनमा सहभागी मृतकका ज्वाइ संजीव नारायण यादवले लगाएका छन । भारतीय सीमा नजिक रहेको उक्त गाउँपालिकामा ठुलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबिच झडप भएको प्रहरीको भनाइ रहेको छ । प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतको भनाई रहेको छ तर स्थानिय भने दोहोरो झडप नभएको जनाउदै आएका छन । भारतको सीमा नजिक पर्ने राजगढ गाउँपालिका–२ स्थितबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

