रौतहटमा सामाजिक सुरक्षा भता बुझन सास्ती खेप्दै बृद्धबृद्धा

रौतहट २१ साउन
रौतहटमा सामाजिक सुरक्षा भता लाभग्राहीलाई बुझ्न सास्ति खेप्नु परेको जन गुनासो बढ्दै गएको छ । पारदर्शिता कायम गर्ने उद्देश्यले वित्तीय संस्था मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको भएतापनि रौतहटका विभिन्न स्थानका लाभग्राहीले भत्ता रकम बुझ्न सास्ती भोग्नु परेको भन्दै गुनासो गरेका छन । भत्ता वितरण गर्ने अधिकांश बैङ्क अपाङ्गता मैत्री तथा वृद्धवृद्धा मैत्री नहुने , पायक पर्ने स्थानमा वितरक नहुँदा र बैङ्क कर्मचारीको व्यवहारले समेत मैत्रीपूर्ण नहुँदा भत्ता रकम प्राप्त गर्न निकै सास्ती खेप्नु परेको लाभग्राहीको गुनासो रहेको छ । वृद्धवृद्धा, अपाङ्गता र अशक्त लाभग्राहीका लागि बैङ्कबाट भत्ता बुझ्न निकै असहज भएको रौतहतको राजदेवी नगरपालिका–३ का ज्येष्ठ नागरिक अनुठा राउतको भनाई रहेको छ । राउत घरबाट तीन किलोमिटर टाढा धाएर बैङ्क पुग्न नसकिने गुनासो गर्नु भएको छ । त्रैमासिक भत्ता बुझ्नका लागि बुहारीका साथमा नेपाल बैङ्क लिमिटेडको शाखामा पुग्ने गरेको उहाले बताउनु भयो । बुहारी मञ्जुदेवी भन्नुहुन्छ, हिँडडुल गर्न नसक्ने र आफैँ बस्न पनि नसक्ने अवस्थाका ससुरालाई बडो मुस्किलले बैङ्कसम्म लाने गरेको बुहारी मञ्जुदेवीले तराई पोष्टलाई बताउनु भयो । बैकमा पालो कुर्न लाइनमा बस्दा बैङ्कका कर्मचारीले सहानुभूतिको बदला उल्टै झर्को फर्को पो गर्ने गरेको मञ्जुदेवीको भनाई रहेको छ । ईशनाथ नगरपालिका–९ का जोबैर मियाँ पनि अशक्त हुनुहुन्छ । भता बुझ्न घरबाट एक सदस्य लिएर बैङ्क पुग्नु पर्ने तर घरदेखि बैङ्क आवत जावत गर्न दुई जनाको झन्डै चार÷पाँच सय रुपियाँ सवारी खर्च लाग्ने र बैक दोस्रो तलामा भएकाले वाणिज्य बैङ्कमा पुग्न निकै कष्टकर हुने गुनासो गर्नु भयो । त्यसैगरी राजपुर नगरपालिका–१ का ८५ वर्षीय सेख लेयाकत पनि पक्षाघातबाट पीडित हुनुहुन्छ । एसबिआई बैङ्कबाट भत्ता बुझ्न बिहानै घरबाट निस्कनु पर्ने सुनाउनु भयो । बैकसम्म पुग्न समेत गाडी भाडा समेत सरसापट गरेर बोक्नुपर्ने समस्या रहेको बताउँनु हुदै बैङ्कमा घन्टौँपछि पालो आएपनि बैङ्क कर्मचारीको बोली र व्यवहारले मन दुख्ने दुःखेसो समेत उहाले तराई पोष्टसँग गर्नु भयो ।,

ताजा समाचार

Related Articles