रौतहट २१ साउन
रौतहटका अन्सारी सामुहिक बलात्कारको आरोपमा पर्साबाट पक्राउ परेको छ । गत २०८२ वैशाष २० गते गोठबाट फर्किै गरेको अबस्थामा बाटोमा घेरा हालेर अपहरण गरेर सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपि किशोर लम्सालले तराई पोष्टसँग बताउनु भयो । सो घटनामा संलग्न २ जनालाई मंगलबार पर्सा प्रहरी पक्राउ गरेर अनुसन्धान अगाडी बढाइएको जनाइएको छ । उनीहरुले ३ महिना पहिले पर्साका बर्ष ३४ का एक महिलालाई बन्धक बनाएर सामुहिक बलात्कार गरेको आरोप लागेको छ । प्रहरीले बहदुरमाई नगरपालिकाको वडा नम्बर २ घर भएका बर्ष ४० का नेक महमद र रौतहट घर भएर वीरगञ्ज बस्दै आएका बर्ष २१ क अफताव अन्सारीलाई मंगलबार पक्राउ गरेको छ । आरोपीहरूले पीडितलाई वीरगञ्जको बसपार्क स्थित गणेश होटलमा लगेर बलात्कार गरेको आरोप लगाएका थिए । उनीहरुले ३ दिन सम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेर पीडितलाई उनीहरूले वैशाख २३ मा बिहान घडिअर्वा पोखरीमा ल्याएर छाडेर भागेको प्रहरीको अनुसन्धानले जनाएको छ । मंगलबार उनीहरूलाई वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकबाट पक्राउ गरिएको डीएसपी लम्सालले जानकारी दिनु भयो । आरोपी नेक महमदले वीरगञ्ज महानगरपालिका–१३ स्थित राधेमाईमा मोटरसाइकल वर्कशप सञ्चालन गरेका छन भने अर्का आरोपी अफताव अन्सारी सो वर्क सपमा काम गर्दै आएका छन ।

