गरुडाका किसानले रासायनिक मल वितरणमा विभेद गरेकाे भन्दै गरे सडक बन्द

राैतहट १५ साउन
राैतहटकाे गरुडापालिकाले किसानहरुलाई रासायनिक मल वितरणमा  भेदभाव गरेकाे भन्दै विहिबार किसानहरुले बिराेध गरेका छन । राैतहटकाे गरुडा नगरपालिकाद्वारा वितरण भएका रासायनिक मल जयनगरका किसानहरुलाई नगर प्रमुख र वडा अध्यक्षले भेदभाव गरेको आरोप लगाउदै किसानहरुले गौर–चन्द्रपुर सडक खण्डको जयनगर चोकमा टायर बालेर प्रदर्शन गरेका थिए । लामो समय देखि जारी रहेको खडेरीको मार खेपीरहेका किसानहरु जेनतेन सिंचाई गरेर धान रोपाई गरेपनि नगरपालिकाको सिफारिसमा वितरण हुने रासायनिक मलमा किसानलाई काखा पाखा गरेको भन्दै आक्रोशित किसानहरु ३० मिनेट सम्म बाटो अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका थिए । नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले भने आफुहरुले त्यस्ताे विभेद केही नगरे बताएका छन । आफू आम किसानहरुकाे पक्षमा रासायनिक मल वितरण गरेकाे तर।केही अराजक तत्वहरुले भ्रम फैलाएर किसानहरुलाइ उकसाहट गरेकाे जयसवालले प्रतिक्रिया दिएका छन ।

ताजा समाचार

Related Articles