राैतहटकाे माैलापुरमा रक्षाबन्धन मेला हुँदै

राैतहट १४ साउन
राैतहटकाे माैलापुरमा रक्षाबन्धन मेला लाग्ने भएकाे छ ।रौतहटको मौलापुर नगरपालिकाकाे मौलापुर बजारमा आउदाे श्रावण २४ र २५ गते रक्षाबन्धनको पावन अवसरमा भव्य मेलाको आयोजना गरिने भएको छ। साे मेलालाई भब्य रुपमा सफल बनाउन बुधबार गणेश पटेलकाे अध्यक्षतामा ११ सदस्यीय मेला समिति समेत गठन गरेकाे छ । समितिको उपाध्यक्षमा शिवचन्द्र साह, कोषाध्यक्षमा रितिक पटेल, सचिवमा खहेरु राम र सहसचिवमा रबिन्द्र पटेल चयन भएका समितिका अध्यक्ष पटेलले तराई पाेष्टलाई बताउनु भयाे । सदस्यहरुमा राजेश साह, बृजकिशोर पटेल, राम प्रवेश पटेल, मंजित साह, सनि पटेल र सनि ठाकुर चयन गरेकाे समितिले जनाएकाे छ । समितिले मेलाको व्यवस्थापन तथा सञ्चालनका लागि डाक बढाबढ प्रक्रियामार्फत २ लाख ३० हजारमा मेलाको जिम्मेवारी गान्धी पटेललाई दिने निर्णय समेत गरेको छ। मेलामा विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, मनोरञ्जनात्मक स्टल र परम्परागत झाँकीहरु समेत समावेश गरिने आयोजकले जानकारी दिएको छ। मेलाले स्थानीय व्यापार, पर्यटन र सामाजिक सद्भावमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

ताजा समाचार

Related Articles