राैतहट १४ साउन
राैतहटकाे फतुवा विजयपुरमा गर्भवती र सुत्केरी महिलाहरुलाई पाेषणयुक्त खाधान्न वितरण गरेकाे छ । नगरपालिकाले स्वास्थ्य मन्त्रालय मधेश प्रदेश सरकार स्वास्थ्य निर्देशनालयकाे सहयाेगमा मातृ स्वास्थ्यका लागि सराहनीय पहल गरेकाे जनाएकाे छ । साे कार्यक्रमले कुपोषणको जोखिममा रहेका महिलाहरूलाई प्रत्यक्ष राहत पुग्ने जनाएकाे छ । फतुवाविजयपुर नगरपालिकाकाे वडा नम्बर १ देखि ११ सम्मका गर्भवती तथा सुत्केरी महिलाहरुलाई साे सामग्रीहरु वितरण गरिएकाे नगरपालिकाले जनाएकाे छ । साे कार्यक्रमका प्रमुख आतिथि ग्रहण कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले गर्नु भएकाे थियाे । स्थानीय नेतृत्व र सरकारबीचको समन्वयले यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिँदै मातृ र बालस्वास्थ्यमा सार्थक परिवर्तन ल्याउने विश्वास लिएको कार्यवाहक नगर प्रमुख अम्बेय खातुनले बताउनु भयाे ।

