चन्द्रनिगाहपुरमा पत्रकार चौलागाईले जन्मदिनमा गरे बृक्षारोपण

रौतहट १४ साउन
रौतहटमा जन्मदिनको व्यक्तिगत अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै नयाँ अभ्यासको थालनी गरिएको छ । नेपाल पत्रकार महासंघका निवर्तमान सचिव गोबिन्द प्रसाद चौलागाईले आफ्नो जन्मदिनको अवसरलाई भिन्न ढङ्गले मनाउनु भएको छ । उहाले चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ स्थित मरधरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेर समाजमा सत्कर्मको सन्देश फैलाएका छन । बुधबार परेको आफ्नै जन्मदिनको अवसरमा ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ भन्ने अभियान अन्तरगत सामाजिक रुपान्तरणमा योगदान पु¥याउने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको चौलागाइले बताउनु भयो ।

जन्मदिनको अवसरमा वृक्षारोपण जस्तो उदाहरणीय कार्य गर्नु भएकोमा चौलागाइको प्रशंसा व्यक्त गरेका छन । सबै वक्ताहरूले पत्रकार चौलागाईको यस प्रकारको कार्यप्रति प्रशंसा गर्दै समाज रुपान्तरणका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरेका थिए । कार्यक्रममा सहभागीहरुले समाजमा विदेशी परम्पराहरू भित्रिने क्रममा, चौलागाई जस्ता व्यक्तिले आफ्ना परम्परागत मूल्य र वातावरण प्रेमलाई संरक्षण गर्ने कार्य गरेर उदाहरण प्रस्तुत गर्नु भएको बताएका छन । तर हामीले बृक्षारोपण मात्रै गरेर नपुग्ने , यसको संरक्षण र पालन पोषण गर्नु सबैको सामूहिक जिम्मेवारी रहेको बताएका थिए । कार्यक्रमको अध्यक्षता चौलागाई स्वयंले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका प्रमुख उमाकान्त आचार्य रहनु भएको थियो ।

ताजा समाचार

Related Articles