रौतहटको कटहरियाबाट फरार स्कारपियो सहित गोलिया बरामत , चालक फरार

रौतहट १४ साउन
रौतहटबाट गएराती भारतीय स्कारपियो सहित काठ बरामत गरेको छ । मंगलबार राती अन्दाजी ८ बजे जङ्गलसहिया सव–डिभिजन वन कार्यालय, रौतहटको वन अधिकृत बिनोद जेठराको कमाण्डमा खटिएको जमदार उपेन्द्र यादव सहित २ जनाको कर्मचारीको गस्ती टोलिले गस्ती गर्दै जाँदा भारतिय नम्बर प्लेटको स्कार्पियो रोक्न खोज्दा स्कारपियो नरोकी भागेको थियो । गस्ति टोलीले करिब ७ किलोमिटरसम्म पछ्याउँदै जादा सो स्कारपियोका चालक गाडी छोडेर फरार भएका थिए । स्कारपियो छाडेर चालक भागेपछि सो स्कारपियोमा सालका ५ ओटा काठका गोलिया वन कर्मचारीले नियन्त्रणमा लिइएको हो । फरार भएको स्कार्पियो कटहरिया नगरपालिकाको वडा नम्बर १ , भसेडवाबाट बरामद गरेको प्रहरीले जनाएको छ । एमएच ०४ डिबि ६३५३ नम्बरको भारतीय नम्बर प्लेटको स्कारपियोका चालकसहित बरामत गरिएको काठका बारेमा अनुसन्धान गरि फरार चालकको खोजी कार्य गरिरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

ताजा समाचार

Related Articles