राैतहट १४ साउन
सर्लाहीकाे पर्यटकीय स्थल भरत तालमा एक महिलाकाे शव फेला परेकाे छ । बुधबार दिउसाे सर्लाहीकाे बागमति नगरपालिकाकाे वडा नम्बर १२ स्थित भरत तालमा मृत अबस्थामा एक महिलाकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बलिस्टार सिंहले तराई पाेष्टलाई बताउनु भयाे । उहाका अनुसार बुधबार मध्यान्ह स्थानीयले प्रहरीलाई तालभित्र महिलाकाे शव तैरिरहेकाे खबर गरेका थिए। प्रहरीले जानकारी पाए लगतै प्रहरीको टोली घटनास्थलमा पुगेको थियाे । हरिवन इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चन्द्र अधिकारीको नेतृत्वमा प्रहरीको टोली भरत ताल पुगेकाे थिया । साे प्रहरी टाेलीले मृत महिलाकाे शव निकालेकाे छ । शवको पहिचान भने याे समाचार तयार पार्दासम्म खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएकाे छ ।

