राैतहट १२ साउन
राैतहटकाे चन्द्रनिगाहपुरमा पहिलाे पटक महिला प्रहरी प्रमुख नायव उपरीक्षकले कार्यभार सम्हालेका छन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा भर्खर कार्यभार सम्हाल्न आउनु भएका प्रहरी नायव उपरीक्षक रुपा लाबुङ्ग पहिलाे महिला प्रहरी उपरीक्षक हुन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उपस्थित हुनु भएपछि लाबुङ्गले हाल चन्द्रनिगाहपुरका सञ्चारकर्मी, विभिन्न राजनैतिक दलका नेता तथा वडा अध्यक्षहरु , महिला अधिकारकर्मीहरु र स्थानिय बुद्धिजीवी भद्रभलाद्मीहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमहरुमा ब्यस्त रहनु भएकाेफछ । पछिल्लाे समय राैतहटमा विभिन्न अपराधिक घटनाहरु बढ्दै गएका कारण साे सम्बन्धि अपराध नियन्त्रण तथा शान्ती सुरक्षा लगायतको विषय बस्तुहरुमा समेत छलफल गर्नु भएकाे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ ।

