रौतहटको फतुवा विजयपुरमा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण

रौतहट १२ साउन
रौतहटको फतुवा विजयपुरमा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गरेको छ । रौतहटको बिजयपुर नगरपालिकाको वडा नम्बर २ शितलपुरका गर्भवती तथा सुत्केरी महिलाहरुलाई सो सामग्री वितरण गरेको नगरपालिकाले जनाएको छ । सुत्केरी महिलाहरुलाई आवश्यक पौष्टिक आहारको कमीले नवजात शिशुहरुमा विभिन्न किसिमका रोगहरु लाग्ने गरेको र आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गरेर सो आहार सोमबार वितरण गरेको जनाइएको छ ।

ताजा समाचार

Related Articles