रौतहटको देवाहीबाट अबैध भारतीय कुखुरा प्रहरीद्धारा बरामत गरि नष्ट

रौतहट १२ साउन
सोमबार रौतहटको देवाही गोनाहीबाट अबैध कुखुरा बरामत गरि नष्ट गरेको छ । भारतबाट अबैध रूपमा नेपाल भित्र्याइएको कुखुरा सशस्त्र प्रहरी बल देवाहीले नष्ट गरेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ । रौतहटको सशस्त्र प्रहरी बेश क्याम्प देवाहीबाट सई रामानन्द पुरीको कमान्डमा खटिएको टोलीले वडा देवाही गोनाही नगरपालिकाको वडा नं. ५ स्थित नरायण चौकबाट उक्त कुखुरा बरामद गरेको प्रहरीले जनाएको छ । बरामत गरिएको कुखुरालाई स्थानीय जनप्रतिनिधि , पत्रकारहरूको रोहवरमा खाल्टो खनि नष्ट गरिएको सशस्त्र प्रहरी बेश क्याम्प देवाहीका सई रामानन्द पुरीले तराई पोष्टलाई जानकारी दिनु भयो । सशस्त्र प्रहरी बलले अवैध वस्तु तथा तस्करी नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा नियमित निगरानी गर्दै आएको प्रहरीको भनाई रहेको छ ।

ताजा समाचार

Related Articles