

रौतहट १२ साउन
चन्द्रनिगाहपुरको पर्यटकिय स्थल डावरीको अबस्था निकै दुर्गन्धित पाइएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ स्थित पर्यटकिय स्थल डावरीमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले उत्पादन गरेको फोहर ब्यवस्थापनको कमीले डाबरी पर्यटकिय स्थल नै फोहरहरुले दुर्गन्धित बन्दै गएको छ । सो स्थानमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको मुख्या केन्द्रविन्दु बन्दै गएको छ । बिशेष गरि साँझ पख खाजा नास्ता तथा मनोरञ्जनका लागी स्थानियहरु जाने गरेका छन । डावरी पार्क जाने सडक देखि पार्कभित्र समेत झारपात र फोहरले पार्क नै दुर्गन्धित रहेको पाइएको छ । पार्कमा आउने पर्यटकहरुले खाएका पानीका बोलतहरु , टपरीहरु, माधक पदार्थका बोतलहरु लगायत विभिन्न किसिमका फोहरहरु जताततै छरपस्ट जहातही देखिएका छन । त्यसैगरि पार्कमा झारपातहरुले भरिभराउ हुदा समेत सम्बन्धित निकायहरुले सरसफाइ सम्बन्धि कुनै चासो देखाएको पाइदैन । पछिल्लो समय आन्तरिक पर्यटकहरुको मुख्या केन्द्रविन्दुको रोजाई बनेको डावरीमा सरसफाई र उचित ब्यवस्थापनमा ध्यान दिनु पर्नेमा स्थानियले माग गरेका छन ।


