रौतहट १२ साउन
रौतहटको चन्द्रपुरमा आइतबार साँझ बर्षा भएपछि स्थानियले केही राहतको पाएका छन । लामो समयसम्म बर्षा नभएपछि चर्को गर्मी खेप्दै आएका थिए । आइतबार साँझ हल्का बर्षा भएसँगै किसानहरुले समेत राहतको महसुस गरेको गैडाटारका किसान विभइ थिङले तराई पोष्टलाई बताउनु भयो । साउन दोस्रो साता हुदा समेत पानी नपर्दा किसानका खेतमा लगाइएको धान बाली र केरा खेतीमा समेत प्रभाव पारेको थियो । आज हल्का भएपनि बर्षा भयो अब निरन्तर बर्षा हुने र धान र केरा खेतीमा पनि राहत पुग्नेमा विश्वस्थ रहेको किसानहरुको भनाई रहेको छ । आइतबार साँझ ५ बजेबाट पानी पर्न थालेको र अहिले पनि निरन्तर बर्षा भइरहेको छ । आजको बर्षा रौतहटको उतरी क्षेत्र पहाडी फेदी जुडिबेला ,गैडाटार , चिसापानी , मोरङ्गे , भोलम्टार लगायतका क्षेत्रका बिशेष गरि परेको स्थानियले तराई पोष्टलाई बताएका छन । यसका साथै चन्द्रनिगाहपुर क्षेत्रमा पनि बर्षा भइरहेको स्थानियले बताएका छन । बर्षा भएपनि स्थानियले शितलताको मशसुस गरेका छन ।

