चन्द्रनिगाहपुर दुर्गन्धित बन्दै , स्थानिय सरकार बेखबर

रौतहट १२ साउन
रौतहट चन्द्रनिगाहपुरको मुख्या चोकको फोहोर ब्यवस्थापनमा कसैले चासो नदेखाएका कारण दुर्गन्धित बनेको छ । पुर्वपश्चिम राजमार्ग अर्न्तगत रौतहटको चन्द्रपुर नगरपालिकाको मुख्या स्थानमा जताततै फोहोरका थुप्रोहरुले चन्द्रनिगाहपुर चोक नै कुरुपतामा परिणत भएको पाइएको छ । सडक पेटीहरुमा फुटपात तरकारी तथा फलफुल पसलहरु , ठेला ब्यापारीहरुको चपेटामा चन्द्रनिगाहपुर क्षेत्र परेको स्थानिय समाजसेवीहरुको भनाई रहेको छ । महेन्द्र राजमार्गको जंगल टोलदेखि जगत आयल स्टोर्स क्षेत्रमा सडकको दुबै तर्फ फोहोर ब्यवस्थापनमा कसैले चासो देखाएको छैन । जसले गर्दा चन्द्रनिगाहपुरको स्वरुपमा प्रत्यक्ष असर गरेको छ । त्यसैगरि चन्द्रपुर गौर सडकखण्ड अर्न्तगत चन्द्रनिगाहपुरदेखि बजार क्षेत्रसम्म सडक ब्यवस्थित बनाएतापनि सडकमा पार्किङ ब्यवस्थापन गर्न नसक्दा सो क्षेत्रको पनि सौन्दर्यतामा ह्रास आएको छ । सडकको दाया बाया सडक पेटीहरुमा सेवाग्राहीहरु आतजावत गर्नु पर्ने स्थानमा पसलेहरुले समेत बिक्रिका लागी विभिन्न सामग्रीहरु सडक पेटीमा नै राखि दिने गरेको समेत पाइएको छ । ति स्थानहरुमा फोहोर ब्यवस्थापन र सवारी पार्किङलाई ब्यवस्थित बनाउन सकेमा चन्द्रनिगाहपुर क्षेत्र एक नमुना नगरपालिकाको रुपमा चिनाउन सकिने अधिकारकर्मीहरुको भनाइ रहेको छ । करौडौ लगानीमा टेकानमा बस पार्क बनाइएको भएतापनि सुरक्षाको ग्यारेन्टीको माग गर्दै सवारी धनीहरु र सवारी चालकहरुले सो स्थानमा सवारी साधनहरु पार्किङ गर्न छाडेका कारण सडकमा नै अब्यवस्थित पार्किङले दुर्घटनाको जोखिम समेत बढेको छ । स्थानिय सरकारले चन्द्रपुरको पहिचानका लागी सडक सरसफाइ देखि ब्यवस्थित पार्किङलाई प्राथमिकता दिनु पर्नेमा स्थानियले जोड दिएका छ

ताजा समाचार

Related Articles