रौतहट यातायात कार्यालयमा अबैध धन्दा , १०—२५ हजार तिरे घरमा नै लाइसेन्स

रौतहट ११ साउन
रौतहटको यातायात ब्यवस्थापन कार्यालय गौरमा लाइसेन्स वितरणमा चरम लापरवाही भएको पाइएको छ । सो कार्यालयमा कार्यरत सरसफाईकर्मी पिन्टु सिँह उर्फ रोशन सिँहले कार्यालय प्रमुख जितेन्द्र कुमार गुप्ताको समर्थन सेवाग्राहीहरुसँग अबैध रकम असुलीमा संलग्न रहेको गम्भिर आरोप लागेको छ । सरसफाईकर्मी सिंहले दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकलको लाइसेन्सका लागी १० हजार र चार पाङ्ग्रे सवारी साधनका लागी १५ देखि २५ हजारसम्म रकम असुली गर्ने गरेको स्रोतले जनएको छ । कार्यालयका अन्य कर्मचारीहरुले समेत चोरीका भारतीय सवारी साधनलाई अवैध रुपमा नेपालीकरण गराउने कार्यमा सिहको संलग्नता रहेको आरोप समेत लगेको छ । यातायात कार्यालय गौरमा हुने सबै गतिविधिहरुमा कार्यालय प्रमुख गुप्ताले मौन सहमति जनाएको स्थानियले दावी गरेको छ । स्थानिय सेवाग्राहीहरुको बढ्दो उजुरी र गुनासोका बावजुद सम्बन्धित निकायले अझै छानविन र कारवाहीको दायरामा ल्याउन सकेको छैन । यातायात जस्तो गम्भिर विषयमा पनि कार्यालय प्रमुखको मिलोमतोमा रकम लेनदेन रौतहट लगायत सेवा लिन आउने सेवाग्राहीहरु मरमा परेका छन ।

ताजा समाचार

Related Articles