रौतहटमा खरेडी , ५५ प्रतिशत मात्रै रोपाइ

रौतहट ११ साउन
साउन महिनाको दोस्रो साता भैसक्दा पनि रौतहटमा धानमा प्रभावित भएको छ । हालसम्म रौतहटमा ५५ प्रतिशत मात्रै रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र रौतहटका निमित प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले जानकारी दिनु भयो । रौतहटमा ३४ हजार हेक्टर खेती योग्य जमिन भएपनि हालसम्म १८ हजार ७ सय हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख कुर्मीका अनुसार यमुनामाई , गरुडा, गुजरा र चन्द्रपुर नगरपालिकामा ६०–६५ प्रतशित रोपाइँ भएको भएपनि ईशनाथ र बौद्धमिाई नगरपालिकामा भने ४५ प्रतशितमा रोपाई सम्पन्न भएको बताएको छ । रौतहटमा प्रत्येक बर्ष साउन दोस्रो साता लागी सक्दा बर्षा निरन्तर भइरहदा ७० देखि ९० प्रतिशत सम्म रोपाइ सम्पन्न भइसक्ने गरेको थियो । विगतका बर्षहरुमा जस्तो यस बर्ष समयमा बर्ष नहुदा स्थानिय खोला नदि देखि नहर सिचाइमा समेत पानी सुक्न थालेपछि रौतहटका किसानहरु पानी अभावका कारण पिडितमा परेका हुन । समयमा बर्षा नहुदा अधिकाँस किसानहरु स्यालो ट्युववेल र डिजिटल मोटरको सहयोगमा सिचाई गर्न थालेका छन । पानीको मात्रा नपुगेपछि रोपिएका धान समेत सुक्न थालेको कटहरिया नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाको भनाई रहेको छ । किसानहरुले महँगोमा पानी हालेर रोपाई गरेको तर तातो घामले पानी नटिक्ने र धान झन् झन् पहेलो हुन थालेको किसानहरुले गुनासो गरेका छन ।

ताजा समाचार

Related Articles