कक्षा १२ को नतिजा साउन अन्तिममा सार्वजनिक गर्ने तयारी

काठमाण्डौं, ५ साउन । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा साउन अन्तिम साता सार्वजनिक गर्ने तयारी गरेको छ।

शिक्षकहरूको २९ दिन लामो आन्दोलनका कारण नतिजा सार्वजनिकमा १० दिन ढिलाइ हुने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।
परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।
५ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा साउन अन्तिम साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ हुने भएको हो ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।

परीक्षा ढिलागरी भएकाले नतिजा पनि १० दिन ढिला सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

‘उत्तर पुस्तिका परीक्षणको काम सकिएको छ । अहिले इन्ट्रीको काम धामधम भइरहेको छ । नतिजा साउन अन्तिम साता सार्वजनिक गर्ने तयारी छ,’ उनले भने ।

बोर्डका अनुसार परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

ताजा समाचार

Related Articles