राैतहट ३ साउन
राैतहटकाे गरुडामा शुक्रबार साझ एक पिकअप भ्यान र माेटरसाइकल एक आपसमा ठाेकिदा एककाे ज्यान गएकाे छ । रौतहटकाे चपुर–गौर सडकखण्डकाे गरुडा नगरपालिका–८ अनुशका पार्टी प्यालेसकाे सामुन्ने शुक्रबार साँझ साे दुर्घटनाकाे भएकाे हाे । तिब्र गतिमा आएकाे ना ५ च १५८ नम्बरकाे पिकअप भ्यानले भारतीय नम्बरकाे माेटरसाइकललाई ठक्कर दिएकाे थियाे । साे माेटरसाईकलका चालक माधवनारायण नगरपालिकाकाे वडा नम्बर २ खेसरहियाका बर्ष ३० का दिनानाथ साह तुरहाकाे मृत्यु भएकाे र साेही माेटरसाइकलमा सवार गरुडा-८ बसबिट्टी जिंगडियाका शम्भु प्रसाद राैनियार घाइते भई स्थानिय अस्पताल अनामिका अस्पतालमा उपचार गराई रहेकाे ईलाका प्रहरी कार्यालय गरुडाले जनाएकाे छ । दुर्घटनापछि पिकअप भ्यानका चालक फरार रहेको जनाएकाे छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेकाे ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

