राैतहट १ साउन
बाराकाे निजगढबाट चाेरी भएकाे माेटसाईकल राैतहटबाट प्रहरीले नियन्त्रणमा लिइएकाे छ । गत असार २४ गते निजगढबाट हराएको बालकृष्ण हुमगाईको मोटरसाईकल रौतहटबाट बुधबार बरामद गरिएको प्रहरीले जनाएकाे छ । राति निजगढ नगरपालिका वडा नं.७ स्थित प्रशान्त लामाको घर अगाडि साे माेटरसाइकल पार्किङ गरी राखिएको अबस्थामा चाेरी भएकाे थियाे । यामाहा कम्पनीको मधेश प्रदेश ०३ प ७५१० नम्बरकाे साे माेटरसाइकल चोरी भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ परेकाे थियाे ।
माेटरसाइकल चाेरी भएपछि निजगढ निवासी पिडित बालकृष्ण हुमागाईंले ईलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएका थिए । अनुसन्धानको क्रममा असार ३१ गते निजगढकै वडा नं ७ योजना टोलका बर्ष २५ को चमन मगरलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले सो मोटरसाइकल चोरी गरी रौतहट गुजरा नगरपालिका–२ का बर्ष २६ का रोशन मगरलाई बिक्री गरेको वयान दिएकाे ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक जिवन लामिछानेले तराई पाेष्टलाई बताउनु भयाे । साेहीका आधारमा रोशन मगरलाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा उक्त चाेरिकाे मोटरसाइकल रौतहटको गरुडा नगरपालिका–२ झाझपुल चोकमा रहेको न्यू राजन वर्कशपका सञ्चालक बर्ष ३० का राम प्रवेश महरालाई नगद ३१,००० मा बिक्री गरेको बयान दिएका थिए । ईलाका प्रहरी कार्यालय निजगढले ईलाका प्रहरी कार्यालय गरुडा रौतहटसँगको समन्वयमा असार ३१ गते साँझ ४ः३० बजेको रौतहट गरुडा–२ का बर्ष ३० का प्रवेश महरा र बर्ष २३ का रोशन मगरलाई नियन्त्रणमा लिई घर खानतलासी गर्दा बिना नम्बर प्लेटको साे चाेरीकाे यामाहा मोटरसाइकल फेला पारेको ईलाका प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । प्रहरीले मोटरसाइकललाई रीतपूर्वक बरामद गरी चमन मगर,रोशन मगर र राम प्रवेश महरालाई चोरी अभियोगमा पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी रहेको प्रहरी निरिक्षण जिवन लामिछानेले बताउनु भयो ।

