राैतहट १ साउन
राैतहटमा झुटा मुद्दामा अरुलाई फसाउन खाेज्दा एक जना प्रहरीकाे फन्दामा परेकाे छ । राैतहटकाे माधवनारायण नगरपालिकाकाे वडा नम्बर ५ मिठुअर्वाका बर्ष २१ का प्रमिला देवी सहनीलाई झुटो जाहेरी दिएर अर्कालाई फसाउन खोजेको आरोपमा रौतहट प्रहरीले पक्राउ गरेको छ । सहनीले अर्काको उक्साहटमा झुटो जाहेरी दिएको प्रहरीले जनाएकाे छ । सहनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राैतहटका एसपी नेत्रमणी गिरीले तराई पाेष्टलाई बताउनु भएकाे छ । आफ्नै छिमेकीलाई फसाउन सहनीले आफ्नै छोरीलाई शरीर बन्धक गरेकाे र चेलिबेटी बेचबिखन तथा अपहरणको जाहेरी दिएका थिए । यसरी झुटा जाहेरी दिने विरुद्ध कारबाही गरिने एसपी गिरीकाे भनाई रहेकाे छ ।झुटा र कृत्रिम उजुरी दिनेहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय राैतहटले एक्सन लिने प्रहरीकाे दावी गरेकाे छ । प्रमिला सहनी र जनक सहनीले छिकेकी सुनिता देवी सहनीको घरमा गएर कुटपिट गरेका थिए । इलाका प्रहरी कार्यालय गरुडामा छलफल हुँदा ४ हजार औषधी उपचार खर्च दिने गरी उनीहरूबिच मिलापत्र भएकाे तर कुटपिट गर्नेले पीडितलाई रकम नदिएपछि जुठा जाहेरी दिएकाे बताइएकाे छ । प्रमिलाले हुँदै नभएको घटनालाई कृत्रिम जाहेरी बनाएर फसाउन खोजेको बताइएकाे छ ।

