राैतहट १९ असार
रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ । राैतहटको फतुवा विजयपुर नगरपालिकाकाे वडा नम्बर २ शितलपुरका बर्ष ३० का रोहित साह सोनारलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ । करेन्ट लागेर घाईते भएको सोनारको उपचारको क्रममा बाराको कलैयास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको अभिभावक ज्ञानी सतहले बताउनु भयाे । सिचाइका लागि पानी हाल्न माेटर चलाउन खाेज्दा विहीबार बिहान करिब सवा ७ बजे करेन्ट लागेको पारिवारिक स्राेताले जनाएकाे छ ।उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाका सई गजेन्द्र कुमारले बताउनु भयाे । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

