राैतहट १९ असार
राैतहटकाे गरुडामा बिहिवार एक विद्यालयमा साइकल वितरण गरिएकाे छ । गरुडा नगरपालिकाकाे वडा नम्बर ४ मा रहेकाे नमुना माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ८ का २२ जना छात्राहरूलाई नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले साईकल वितरण गरिएकाे नगर पालिकाले जनाएकाे छ । साे विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा जेहेन्दार कक्षा ८ का २२ जना छात्राहरुलाई साईकल वितरण गरिएकाे जयसवालले तराई पाेष्टलाई बताउनु भयाे ।विद्यालयमा दैनिक आउजाउ गर्न कठिन हुने विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्यले साे साईकल वितरण गरिएकाे जयसवालकाे भनाई रहेकाे थियाे । साईकल पाएसँगै विद्यार्थीहरूमा थप उत्साह, आत्मविश्वास र नियमित उपस्थिति बढाउने विश्वास लिइएकाे नगर प्रमुख जयसवालले बताउनु भयाेे । शिक्षा क्षेत्रमा पहुँच, गुणस्तर र अवसरको सुनिश्चितताका लागि गरुडा नगरपालिका निरन्तर प्रतिबद्ध रहेको समेत नगर प्रमुख जयसवालले बताउनु भएकाे छ ।

