पर्साबाट ३ जना हुण्डी कारोबारी पक्राउ

पर्सा १८ असार
पर्साबाट स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँसहित तीन जना हुण्डी कारोबारी पक्राउ परेको छ । पर्साको पकाहामैनपुर गाउँपालिका–२ का बर्ष २६ का अनिल कुमार वर्णवाल, बारा परवानीपुर गाउँपालिकाका बर्ष ४४ का दीपक कुमार सोनार र वीरगन्ज महानगरपालिका–३ आदर्श टोलका बर्ष २३ विनित कुमार श्रीवास्तव सो रकमसहित पक्राउ परेको जिल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका हुण्डी कारोबारीहरु पर्साका विभिन्न स्थानबाट मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताउनु भयो । वर्णवालको साथबाट ९ लाख ४७ हजार, श्रीवास्तवको साथबाट १८ लाख ८१ हजार र सोनारको साथबाट तीन लाख रुपैयाँ बरामद भएको लम्सालले बताउनु भएको छ । स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको बताइएको छ । हुण्डी कारोबारको रकमले कानुनी रित नपुग्ने हुँदा राष्ट्र बैंक अन्तर्गतको कसुर आकर्षित हुने गरेको छ । पक्राउ परेकालाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles