राैतहट गरुडाका नगर प्रमुख जयसवालले गरे एक सडककाे उद्घाटन

राैतहट १८ असार
राैतहटकाे गरुडामा बुधबार एक कार्यक्रमकाबिच नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले सडककाे उद्घाटन गर्नु भएकाे छ । गरुडाकाे झाझ नदी हुँदै लक्ष्मीपुर जाने सडककाे स्तराेन्नतिकाे काम सम्पन्न भएपछि बुधबार साे सडककाे उद्घाटन नगर प्रमुख जयसवालले गर्नु भएकाे हाे । बर्षाकाे समयमा हिडडुल समेत गर्न कठिनाई हुने साे सडक निर्माण सम्पन्न भएपछि स्थानियले खुशि ब्यक्त गरेका छन । वर्षा हुँदा हिलो, खाल्टा खुल्टी अवस्थाले सर्वसाधारणलाई  हिडडुल गर्न समेत असहज हुँदै आएकाे थियाे ।

झाझ नदी पुल माथिको फलामे पुल पनि पूर्ण रूपमा सञ्चालनमा आइसकेको नगर प्रमुख जयसवालले बताउनु भएकाे छ । पुल र सडकको सुधारसँगै स्थानीयवासीको आवतजावत सजिलो, सुरक्षित र छरितो हुने विश्वास लिएको नगर प्रमुख जयसवालले बताउनु भयाे ।जनताको आवश्यकता नै हाम्रो प्राथमिकता रहेकाे र विकासको मार्गमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जयसवालले गर्नु भयाे । कार्यक्रममा नगर प्रमुख जयसवाल प्रमुख अतिथिका रूपमा सहभागी थिए भने वडा अध्यक्ष, स्थानीय शिक्षक-शिक्षिका, विद्यार्थी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरुको उल्लेखनीय सहभागीता जनाएका थिए ।

ताजा समाचार

Related Articles