राैतहट १८ असार
राैतहटमा एक बेवारिसे शव फेला परेकाे छ । राैतहटकाे ईशनाथ नगरपालिकाकाे वडा नं. ४ सहिद गेट नजिकै खेतमा यकिन नाम थर वतन नखुलेको अन्दाजी वर्ष ४५ को एक पुरुषको शव उतानो अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । मृत अबस्थामा स्थानियले साे शव देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । मृत शवकाे घटनास्थल नै लाँश जाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरी मृतक शव पोष्टमाटम गरी प्रादेशिक अस्पताल रौतहट गौरको शव गृहमा सुरक्षित राखिएको प्रहरीले जनाएकाेलछ । साे शव गत असार १६ गते नै फेला परेकाे तर हालसम्म पनि सनाखत हुन नसकेकोले मृतक लाँशलाई पहिचान गर्न सक्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय रौतहटको मोवाईल फोन नम्बर ९८५५०४०९९९, ९८५५०९०३७४ र हटलाई-१०० मा फोन सम्पर्क गर्न अपिल गरेकाे छ ।

मृतकले कालो रंगको सर्ट र कालो रंगको पाईन्ट लगाएको, दाहिने हातको ३ वटा औंलामा सेतो धातु जस्तो देखिने औंठी लगाएको, बाँया हातमा ३ वटा औंला मात्र भएको, उचाई ५ फिट ३ ईन्च रहेको, कपालको रंग कालो र सेतो भई फुलेको र तराई मुलुकको जस्तो देखिने पुरुष रहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले तराई पाेष्टलाई जानकारी दिएकाे छ ।

