राैतहटकाे बृन्दावन हर्दिया पल्टुवाकाे सरस्वती मावि एसईई परिक्षामा जिल्ला टप

राैतहट १८ असार
एसइइ परिक्षामा सामुदायिक विद्यालयतर्फ राैतहटकाे बृन्दावन -४ हर्दिया पल्टुवा स्थित सरस्वती मावि जिल्ला टप भएकाे छ । गत बर्ष २०८१ सालमा साे विद्यालयबाट एसइइ परिक्षामा सहभागी १०१ जना विद्यार्थीमध्ये ९४ जनाले राम्राे जिपिएसहित ९३.०७ प्रतिशत विद्यार्थी उतिर्ण भई राैतहटका सामुदायिक विद्यालयतर्फ राैतहट टप भएकाे जिल्ला शिक्षा समन्वय कार्यालय राैतहटले जनाएकाे छ । लामाे समयदेखि शिक्षा क्षेत्रमा आफ्नाे छुट्टै याेगदान दिदै आएकाे सरस्वती मावि हर्दिया पल्टुवामा कक्षा १ देखि १२ सम्मका कक्षा सञ्चालनमा रहेकाे प्रधानाध्यापक ब्रम्ह नारमयण यादवले तराई पाेष्टसँग बताउनु भयाे । कडा मिहेनतका साथ शिक्षक विद्यार्थीकाे परिश्रमले नै ९३.०७% बिद्यार्थी पास गराउन सफल भएकाे प्रधानाध्यापक यादवकाे दावी रहेकाे छ । अगामी दिनमा शत प्रतिशत परिक्षाफल निकाल्ने उदेश्यका साथ मिहेनत गर्ने समेत यादवले बताउनु भयाे ।

२०८१ सालमा साे विदेयालयबाट सहभागी १०१ जना विद्यार्थीहरुमधये ९४ जना राम्रो जिपिएसहित उतिर्ण भई सामुदायिक विद्यालयतर्फ राैतहट प्रथम हुन सफल भएकाे बृन्दावन नगरपालिकाले समेत खुशी ब्यक्त गरेकाे छ । असफल ७ जना भने माैका परिक्षामा सहभागी हुने विद्यालयले जनाएकाे छ ।

ताजा समाचार

Related Articles