राैतहट १६ असार
राैतहट प्रहरीले चाेरीकाे अबैध एक भारतीय स्कारपियाे नियन्त्रणमा लिइ भन्सार कार्यालय गाैरमा बुझाएकाे छ । आईतबार राैतहटकाे राजपुर नगरपालिकाकाे वडा नम्बर ३ मा चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटकाे BR31P0807 नम्बरकाे स्कारपियाेकाे कागजात केही नभएकाे अबैध भएकाे प्रमाणित भएपछि प्रहरीले नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी प्रवक्ता सुचना अधिकारी दिपक कुमार रायले जानकारी दिनु भयाे । आइतबार नियन्त्रणमा लिइएकाे स्कारपियाे साेमबार थप कारवाहीका लागी भन्सार कार्यालय गाैरमा बुझाइएको प्रहरीले जनाएकाे छ ।

