राैतहटबाट अबैध १० लाख सहित एक जना प्रकाउ

राैतहट १२ असार
राैतहटकाे गाैरबाट अबैध १० लाख रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । गाैर नगरपालिकाकाे वडा नम्बर १ ट्रान्सर्फमर चाेकका बर्ष ३० का माेहम्मद करमान अली स्राेत नखुलेकाे अबैध रकम १० लाख ४ हजार ५ सय नेपाली रकमसहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी नायव उपरीक्षक डिएसपि दिपक कुमार रायले तराई पाेष्टलाई बताउनु भयाे । पक्राउ परेका अलीकाे साथबाट बिआर ०५ एई ६७०५ नम्बरकाे भारतीय नम्बर प्लेटकाे माेटरसाइक समेत परामत गरेकाे जनाएकाे छ ।
बरामद भएकाे रकम र मोटरसाईकल सहित पक्राउ परेका करमान अलीलाई आवश्यक थप कार्यवाहीको लागि गौर भंसार कार्यालयमा बुझाईएको र थप अनुसंधान भईरहेको डिएसपी रायले जानकारी बताउनु भयो ।

ताजा समाचार

Related Articles