राैतहटकाे माैलापुरमा छुरा प्रहार , एक घाइते

राैतहट १२ असार
राैतहटमा कामकाे बिषयमा सामान्य विवाद हुदा छुरा प्रहार भएकाे छ । छुरा प्रहारबाट एक जना घाइते भएकाे ईलाका प्रहरी कार्यालय माैलापुरले जनाएकाे छ । राैतहटकाे मौलापुर नगरपालिकाकाे वडा नम्बर  १ मर्यादपुरमा साे घटना भएकाे प्रहरीले जनाएको छ । विहिबार बिहान अन्दाजी ६ बजे फतुवा बिजयपुर नगरपालिका- २ सितलपुर निवासी अन्दाजी बर्ष  ३० का सुजित राय यादवले मर्यादपुर निवासी बर्ष ३० कै राम बहादुर राय यादवमाथी छुरा प्रहार गरेको प्रहरीकाे भनाई रहेकाे छ । साे छुरा प्रहारबाट राम बहादुर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएकाे छ । मर्यादपुर चौकमा कामको विषयमा दुवै जना बीच सामान्य विवाद भएको थियो । साेही विवादकाे क्रममा रुदलले बहादुरमाथि छुरा प्रहार गरेको बतनइएकाे छ । घाइते राम बहादुरलाई उपचार गराइरहेकाे जनाइएकाे छ । छुरा प्रहार गर्ने यादवलाई ईलाका प्रहरी कार्यालय मौलापुरले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय माैलापुरले  जानकारी दिएको छ।

ताजा समाचार

Related Articles