वृन्दावनको नगरसभा स्थगित गर्न गरिको अन्तरिम आदेश बदर

रौतहट, १३ असार । रौतहटको वृन्दावन नगरपालिकाको नगरसभा स्थगित गर्न गरिको अन्तरिम आदेश बदर भएको छ। नगरसभाको सन्दर्भमा दुवै पक्षको कुरा सुनी निर्णयमा पुग्न उचित हुने देखिएको भन्दै उक्त मुद्दाको पेसी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले यही असार १३ का लागि तोकेको थियो।

सोही अनुसार शुक्रबार उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी र नेत्र आचार्यको इजलासले आज यस्तो आदेश दिएको हो। अदालतको आदेश आएसँगै वृन्दावन नगरका नगर प्रमुख विनोद प्रसाद कुर्मीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सबै जनप्रतिनिधिहरु संग छलफल गरि अबको केही दिन भित्रै अर्थात असार मसान्तमै नगर सभा सम्पन्न हुने बताएका छन्।

नगर प्रमुख कुर्मी आफ्नो कार्यकाल सुरुभएदेखी हालसम्म विभिन्न जालझेलको बावजुद पनि तिन ओटा नगर सभा असार १० गते भित्रै सम्पन्न गर्न सफल हुनुभएको थियोे। तर यस वर्ष उपप्रमुख संगिता कुमारी रामले आफ्नो व्यक्तिगत स्वार्थका लागि विपक्षीहरु संग मिलेर नगरलाई नै बन्धक बनाउने सोंचले उक्त रिट दिएको स्थानीयको भनाई छ।

उपप्रमुख रामले गत ८ गतेका दिन नगरसभा तत्काल स्थगित गर्न अदालतमा उत्प्रेषणयुक्त परमादेशको माग गरेपछि अदालतले वृन्दावन नगरपालिकाको कार्यालय समेतलाई विपक्षी बनाउँदै पालिका कार्यालयको नाममा नगरसभा नगर्न अन्तरिम आदेश जारि गरेको थियोे।

 

ताजा समाचार

Related Articles