राैतहट १२ असार
राैतहटकाे गरुडामा कृषकहरुलाई लक्षित गरी चिस्यान केन्द्र स्थापना हुने भएकाे छ । बुधबार गरुडा नगरपालिकाकाे वडा नम्बर ४ मा २ करोडको लागतमा निर्माण हुने कोल्ड स्टोर भवनको नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले शिलान्यास गर्नु भएकाे छ । स्थानिय कृषक दाजुभाइ तथा व्यवसायीहरूको उत्पादन भण्डारण गर्न सहज होस् भन्ने उद्देश्यका साथ साे कोल्ड स्टोर निर्माण कार्य अघि बढाइएको नगरपालिकाले जनाएकाे छ । गरुडा नगरपालिका कृषि, व्यापार र पूर्वाधार विकासका क्षेत्रमा निरन्तर अघि बढ्दै गइरहेकाे स्गानियले बताएका छन । गरुडा लगायत आसपासका किसानहरुले समेत खुसि ब्यक्त गरेका छन ।कोल्ड स्टोरको अभाव गरुडा नगरपालिकाका कृषकहरूलाई पर्दै आएको मर्कालाई ध्यानमा राखेर बुधबार एक कार्यक्रम बिच बिधिवत रुपमा कोल्ड स्टोर निर्माण कार्य शिलान्याससंगै निर्माणकाे काम अघि बढ़ाइएकाे छ । २ कराेड लागतमा बन्ने सेा भवनमा लगभग ५०० मैट्रिक टन क्षमता भएको शीतभण्डार निर्माणमा संघिय सरकारको पनि सहयोग रहेको नगर प्रमुख जयसवालले बताउनु भयाे ।भवन शिलान्यास कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, नगरका विभिन्न क्षेत्रका बुद्धिजीवी, नागरिक समाज लगायत उल्लेखनिय स्थानियकाे सहभागीता रहेकाे थियाे ।

