राैतहटकाे चन्द्रनिगाहपुरमा बस दुर्घटना , १० जना घाइते

राैतहट ९ असार
राैतहटकाे चन्द्रनिगाहपुरमा बस दुर्घटना हुदा १० जना घाइते भएकाे छ । साेमबार बिहान राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर २ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस पल्टिँएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले तराई पाेष्टलाई बताउनु भयाे । दुर्घटनामा घाईते १० जनाको स्वास्थ्य  अवस्था समान्य रहेको प्रहरी निरीक्षक अधिकारीले बताउनु भयाे । काठमाडौँबाट भिठ्ठामोड, महोत्तरीतर्फ गइरहेको बा.प्र.०१–००६५२१६ नम्बरको बस अनियन्त्रित भई सोमबार विहान करिब ४:३० बजे  सडकबाट करिब ७ फिट दक्षिण किनारमा पल्टिएको थियाे । साे बसमा करिब २५ जना यात्रु सवार रहेकाे  जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटले जनाएकाे छ । दुर्घटनापछि बस चालक फरार रहेका र घाइते यात्रुहरूको उपचार चन्द्रपुर अस्पताल प्रा.लि.मा भइरहेको प्रहरी जनाएकाे छ। तीव्र गतिकाे कारण चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएकाे अनुमान प्रहरीले गरेकाे छ। घाइते बाहेक १५ जना यात्रुलाई अर्काे सवारीमा चढाएर गन्तव्यतर्फ पठाइएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा समाचार

Related Articles