अफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीश थारु र महर्जनको जिम्मेवारी खोसियो

काठमाडौँ,५ असार । ईंट्टाभट्टामा जिउँदै मान्छे हालेर मारेको अभियोगमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीशमाथि छानबिन हुने भएको छ।

उक्त आदेश दिने न्यायधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जन न्यायपरिषद्‍मा तानिएका छन्। न्यायपरिषद् बैठकले उनीहरूलाई जिम्मेवारीबाट अलग गर्दै सर्वोच्चमा ल्याएको परिषद्ले जनाएको छ।

न्यायधीशद्वयविरुद्ध उजुरी पर्नुका साथै चौतर्फी दबाब बढेपछि परिषद्‍को बैठकले यस्तो निर्णय गरेको हो। उनीहरूविरुद्ध न्यायपरिषद्‍मा मृतक पिन्टु त्रिलोकका बुबासहितकाले उजुरी दिएका थिए।

परिषद् बैठकले उक्त विषयमा छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्मा नेतृत्वको समिति गठन गरेको हो।

अब उक्त समितिले न्यायपरिषद्‍मा परेका उजुरीमाथि छानबिन गरी प्रतिवेदन बुझाउने छ।

ताजा समाचार

Related Articles