गरुडा नगरपालिकाले ल्यायो ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँको बजेट

रौतहट, ७ असार । रौतहटको गरुडा नगरपालिकाले शुक्रबार १३औं नगरसभा भव्य रूपमा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट पारित गरेको छ । “समृद्ध नगर, खुशी नगरबासी” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा नगरपालिकाले समावेशी विकासलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएको छ।
नगर प्रमुख कन्थमणी प्रसाद जयसवालको अध्यक्षतामा आयोजित नगरसभाको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले गरेको थियो । कार्यक्रममा नगर उपप्रमुख पुनम चौधरीले आर्थिक वर्ष २०८२/०८३ का लागि ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँ बराबरको संशोधित बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरि सभाले सर्वसम्मत रूपमा पारित गरेको हो।
नगर उपप्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, सडक, उद्योग, रोजगारी, लघु उद्यम, पशु सेवा, महिला तथा बालबालिका, अपांगता भएका नागरिक, दलित, पिछडिएका वर्गका लागि विशेष कार्यक्रम समेटिएको जानकारी दिँदै पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको बताए ।  चालू कृषी सहुलियत नीति यस वर्ष पनि निरन्तरता दिइने भएको छ ।
कार्यक्रममा नगर क्षेत्रका सबै वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, नागरिक समाजका अगुवा र स्थानीय नगरवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख रामानन्द सहनीले गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles