राैतहट १ असार
राैतहटमा सानाे वर्षा हुदा समेत सडक नै अवराेध हुने गरेकाे छ । आइतबार राैतहटमा परेकाे बर्षाले विभिन्न स्थानहरुमा सडक आवतजावत गर्न जाेखिम माेलेर यात्रा गरिरहेका दृश्यहरु देखिएकाे छ । साेही क्रममा रौतहटको बालचनपुर – जङ्गलसैया सडकखण्ड अन्तर्गत गुजरा नगरपालिकाको भवानीपुर र परसवा जोड्ने पुल समयमा निर्माण हुन नसक्दा आईतबार स्थानियहरु साे बाटाे हुँदै आवतजावत गर्न जाेखिम पु्र्ण यात्रा गरेका छन । सानाे बर्षामा त स्थानियले यसरी जाेखिम माेलेर यात्रा गर्नु पर्ने अबस्था रहेकाे साे स्थानमा भारी बर्षा हुदा स्थानियकाे ज्यान सुरक्षित नरहने उनीहरुले गुनासाे गरेका छन । बर्षायाममा सधैं स्थानीयले दुःख भाेग्दै आएका छन । सो स्थानमा पुल नहुँदा सामान्य पानी पर्दा पनि आवतजावत बन्द हुने र स्थानीयले जोखिम मोलेरै यात्रा गर्नु पर्ने अवस्था रहेको छ। यस बारेमा सरोकारवाला निकायको गम्भीर रुपमा ध्यान जानू पर्नु स्थानियले बताएका छन ।

